फेवातालमा डुबेका भारतीय पर्यटकको उद्धार
rajdhanidaily.com · Tue Jun 16 23:21:40 GMT 2026

पोखरा । फेवातालमा मंगलबार साँझ आएको हावाहुरी र पानीको छालका कारण सर्फेस बोट पल्टिदा तालमा डुबेका २ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको छ । हावाहुरी र पानीको छालका कारण २ वटा सर्फेस बोट तालमा पल्टिएको थियो ।
त्यसमा सवार भारतीय पर्यटक ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाललाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डको १० जनाको विपद् व्यवस्थापन टोलीलेसाँझ सवा ८ बजे सकुशल उद्धार गरेको हो । भारतीय पर्यटकले लाइफ ज्याकेट लगाएकाले मानवीय क्षति टरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)