मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

barnanmedia.com · Thu Jul 03 21:53:49 GMT 2025

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माणकार्य आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताउनुभयो । “यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौँ”, उहाँले भन्नुभयो, “सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)