मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक नियुक्ति विवादमा भावी प्रधानन्यायाधीश मल्लको रायले उठाएका तरंग

barnanmedia.com · Thu Jul 03 22:15:26 GMT 2025

हुन त सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादमा न्याय निरुपण गर्न अनुचित विलम्ब भएकामा फैसलामै आत्मालोचना गरिसकेकी छन् । उनको यस आत्मालोचनाले विगत प्रधानन्यायाधीश र संवैधानिक इजलासहरुले देखाएको समयको पालनाप्रति अरुचि र अकर्मण्यताप्रति व्यंग्य गरेको छ । साथै उनी भावी प्रधानन्यायाधीश पनि भएकाले कम्तीमा उनका पालामा यस खालको विलम्ब हुने छैन भन्ने प्रण पनि यसमा देखिन्छ । यस अर्थमा न्यायाधीश मल्लले सम्भवतः नेपालको न्यायिक इतिहासमै पहिलोपल्ट फैसलामै आत्मालोचना गरेर एउटा नयाँ प्रयोग गरेकी छन् । समयमै न्याय दिने कुरामा न्यायपालिका कति संवेदनशील बन्नुपर्छ भनेर आगामी दिनमा प्रत्येक न्यायकर्मीलाई उनको यस वाक्यले सधैँ सजक र सतर्क गराइरहनेछ ।

संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये चार जना स्पष्टतः दुई खेमामा बाँडिँदा मल्लको राय निर्णायक बन्न पुग्यो । किनभने त्यहाँ तीनथरी राय देखिएका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको राय अल्पमतमा पर्‍यो । उनलाई नहकुल सुवेदीले मात्र साथ दिए । त्यसपछि न्यायाधीशद्वय कुमार चूडाल र मनोजकुमार शर्माले अर्को साझा राय व्यक्त गरे । तेस्रो राय दिने न्यायाधीश मल्लले चूडाल र शर्मासँग सहमति जनाउँदै परमादेश पनि जारी हुने उल्लेख गरिन् । उनकै रायका कारण संवैधानिक निकायका ५२ मध्ये ४९ जनाको जागिर जोगियो । एक जनाको मृत्यु भइसकेको थियो भने दुई जनाले अवकाश पाइसकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)