मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जगदम्बाको भट्टी विष्फोटको घटनापछि पाँच दलले संयुक्त राजनीतिक दलको माग

barnanmedia.com · Thu Jul 03 23:18:44 GMT 2025

जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच राजनीतिक दलले जगदम्बा स्टिल्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन नगर्न माग गरेका छन्। उद्योगमा बुधबार राति भएको भट्टी विष्फोटको घटनापछि पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने प्लान्ट स्थानान्तरण नभएसम्म सञ्चालनमा रोक लगाउन माग गरेका हुन्।

उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। एमाले अध्यक्ष त्रिलोक विक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)