मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तारजाली
gorkhapatraonline.com · Sun May 24 04:05:22 GMT 2026

बबई (बर्दिया), जेठ १० गते । बर्दिया राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जआसपासका बस्ती क्षेत्रमा तारजाली विस्तार गरेको छ । वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले निकुञ्जले मध्यवर्ती क्षेत्रका विभिन्न गाउँमा तारजाली जडानको काम गरेको छ ।
निकुञ्जका अनुसार हालसम्म मध्यवर्ती क्षेत्रमा करिब १६२ किलोमिटर क्षेत्रमा तारजाली जडान सम्पन्न भइसकेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्न नपाऊन् भन्ने उद्देश्यले यो संरचना निर्माण गरिएको निकुञ्जले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)