कांग्रेसले विभाग नबनाउने, विभागको काम नीति प्रतिष्ठानले गर्ने
onlinekhabar.com · Wed Jul 08 09:19:05 GMT 2026

२४ असार, काठमाडौं । नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ । पार्टीले तय गर्ने विषयगत धारणाहरु नीति प्रतिष्ठानको माध्यमबाट ल्याउने गरी विभाग गठन नगरिएको सभापति थापाले जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)