कोप– २८ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड युएईमा
nayapatrikadaily.com · Thu Nov 30 00:29:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । उनी जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । कोप– २८ सम्मेलन बिहीबार युएईको दुबईमा सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार भने आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गरेर त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)