नेपाल पठाउने अक्सिजन सिलिन्डर र भेन्टिलेटर बेइजिङमा हस्तान्तरण
farakdhar.com · Mon May 10 17:34:49 GMT 2021
चीनले नेपाल पठाउन लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाली राजदूतलाई बेइजिङमा हस्तान्तर गरेको छ । एक कार्यक्रमबीच सोमबार बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीले अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित चिनियाँ दूतावासले नेपाल पठाउन तयार गरिएको अक्सिजन सिलिन्डर तथा भेन्टिलेटर तस्बिर सार्वजनिक गरेको छ। दूतावासले यिनलाई पहिलो लटमा आउने सामग्री भनेको छ। तर पहिलो लटमा कति आउने हुन्? प्रष्ट छैन।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)