कक्रोच जनता पार्टी : इन्स्टा ह्याक, वेभसाइट बन्द, ब्याकअप एकाउन्ट मेटाले नै हटाइदियो
corporatenepal.com · Sun May 24 04:20:04 GMT 2026

काठमाडौं । भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘ककरोच जनता पार्टी’ (सिजेपी) का संस्थापक अभिजीत दिप्केले आफ्नो पार्टीको इन्स्टाग्राम खाता ह्याक भएको बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत आफू र पार्टी दुवैको इन्स्टाग्राम खातामा पहुँच गुमाएको जानकारी दिएका हुन् । दिपकेका अनुसार पार्टीको मुख्य खातासँगै ब्याकअप इन्स्टाग्राम खाता पनि मेटाले हटाएको छ। यद्यपि, यस विषयमा मेटाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
गत मे १५ मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले केही भारतीय युवालाई ‘परजीवी’ र ‘ककरोच’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गरेका थिए। त्यसको भोलिपल्ट स्थापना गरिएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा व्यापक लोकप्रियता हासिल गरेको थियो । पार्टीको इन्स्टाग्राम खाताले एक सातामै दुई करोडभन्दा बढी फलोअर पाएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)