मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मध्यपूर्व तनावबिच इरानको विश्वकप यात्रा अघि बढ्दै

ratopati.com · Tue May 05 18:51:11 GMT 2026

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ । मध्यपूर्वमा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पारेका छन् ।

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा आयोजना हुँदैछ । इरानले आफ्नो समूहका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्ने तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)