मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी

barnanmedia.com · Tue May 05 19:15:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’ को संज्ञा दिएका छन् । उनले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु नै विरोधाभासपूर्ण भएको टिप्पणी गरे ।

मस्को र किएभले यस हप्ता अलग–अलग मितिमा अस्थायी युद्धविरामको घोषणा गरे पनि त्यसबीच नै आक्रमण र प्रतिआक्रमण जारी रहँदा दुवैतर्फ मानवीय क्षति भएको छ । मस्कोले मे ९ मा दोस्रो विश्वयुद्ध विजय दिवसका अवसरमा युद्धविराम लागू गर्ने घोषणा गरेको छ भने युक्रेनले मे ६ देखि गोलीबारी रोक्ने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)