हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
barnanmedia.com · Tue May 05 21:15:01 GMT 2026

मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा सहरअन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको हो । चाइना डेलीका अनुसार उक्त उद्योग लियुयाङ क्षेत्रको प्रमुख आतसबाजी उत्पादन केन्द्रमा पर्ने हुआशेङ आतसबाजी निर्माण तथा प्रदर्शन कम्पनीद्वारा सञ्चालन हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)