नेपालमा टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो
baahrakhari.com · Tue Dec 03 16:58:51 GMT 2024

काठमाडौं । टिकटकले नेपालमा दुई महिनाको अवधिमा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाएको छ । गत अप्रिल र जुन महिनामा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट भएका भिडियोमध्ये ९९.१ प्रतिशत तुरुन्तै र ९३.२ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
काठमाडौंमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रममा टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन)बारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)