मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा इराकमाथि नर्वे हावी, हालान्डको दुई गोल

hamrakura.com · Wed Jun 17 00:00:00 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नर्वेले शानदार शुरूआत गरेको छ । नर्वेले इराकमाथि ४-१ को सहज जित हासिल गरेको हो ।

पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफमा भने इराक दबाबमा आयो । बोस्टन रंगशालामा पहिलो हाफमा २-१ को स्थिति रहेका बेलामा दोस्रो हाफमा नर्वेले दुई गोल जोड्यो ।

नर्वेका स्ट्राइकर आर्लिङ हालान्डले दुई गोल गर्दै टिमलाई जिताए । उनले दुवै गोल मध्यान्तरअघि दिलाएका थिए ।

खेलको २९औँ मिनेटमा मोलर वोल्फेको बायाँ विङ्गबाट आएको क्रसमा हालान्डले सहज रूपमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। इराकले त्यसको ६ मिनेटअघि नै बराबरी फर्कायो । अल अमारीको सुन्दर क्रसमा हुसेनले शक्तिशाली हेडर गर्दै खेल १-१ मा ल्याएका थिए।

पहिलो हाफको ४३औँ मिनेटमा भने नर्वेले पुनः अग्रता लियो। गोलकिपर हसनलाई दबाबमा पार्दै हालान्डले बल खोस्दै गोल गरेपछि स्कोर २-१ भयो।

पहिलो हाफ सकिनुअघि इराकले फेरि बराबरी गर्ने अवसर गुमायो। मोलर वोल्फेले बायेशको नजिकको प्रहार रोकेका थिए भने अल हमादीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

साथै हाशिमको शक्तिशाली भली पनि निकै नजिकबाट माथि गएको थियो।

दोस्रो हाफको ७५ औँ मिनेटमा लिओ स्टिगार्डले मार्टिन डेगार्डको पासमा गोल गरे । इन्जुरी समयमा भने नर्वेलेउपहार गोल पायो ।

आइमेन हुसेनले आत्मघाती गोल गरेसँगै नर्वे ४-१ ले विजयी भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय