मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुग्ध किसानलाई उधारो, कर्मचारीलाई सुविधा

ekantipur.com · Sun Jan 21 01:14:18 GMT 2024

उपभोक्तासँग हाताहाती कारोबार गर्ने दुग्ध विकास विकास संस्थानले किसानलाई भने दूधको मूल्य नदिएको तीन महिना भएको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाखभन्दा बढी किसान मर्कामा छन् । निरन्तर नोक्सानीमा गइरहेको संस्थानले आफ्ना कर्मचारीका लागि भने मासिक २७ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको दूध–घिउ बाँडिरहेको छ ।

किसानको बक्यौता चुक्ता नभएसम्म कर्मचारीका लागि अतिरिक्त सुविधा स्थगन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको निर्देशनसमेत संस्थानले बेवास्ता गरेको छ । दूधको उचित मूल्य नपाइरहेको गुनासोका बीच भुक्तानी पनि बारम्बार अड्किँदा किसान गाईभैंसीपालन व्यवसायबाटै पलायन हुने जोखिम बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)