मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गल्फ टोली विदेश यात्रामा

ekantipur.com · Mon Jan 29 01:12:23 GMT 2024

काठमाडौँ — नेपाली महिला गल्फ खेलाडी कस्मिरा शाह वुमेन्स एमेच्योर एसिया प्यासिफिक प्रतियोगितामा आइतबार मध्यरातमा थाइल्यान्ड लागेकी छन् । नेपालको नम्बर एक महिला गल्फरका आधारमा उनले थाइल्यान्डको पटायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।

नेपाल गल्फ संघले आइतबार उनको बिदाइ गरेको थियो । गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालले बिदाइका क्रममा पूरै देशले कस्मिरामाथि सकारात्मक नतिजाको आशा राखेको जनाए । कस्मिराको व्यवस्थापकका रूपमा नेपाल गल्फ संघका अध्यक्ष टासी घले यसअघि नै थाइल्यान्ड पुगिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)