आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न ऊर्जा मन्त्रीको निर्देशन
annapurnapost.com · Wed Jul 08 10:22:12 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विधुतको उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका हुन्।
उनले विद्युत उत्पादनलाई समेत प्राथमिकतामा राख्दै ग्रीडमा थपिँदै गएको नयाँ क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन र खपत गर्ने भन्नेबारे मन्त्रालय गम्भीर रहेको धारणा राखे। विद्युत आपूर्तिमा अवरोध र बारम्बार बत्ती जाने समस्या देखिने गरेकाले मजबुत र भरपर्दो व्यवस्थापन गर्न आफूले निर्देशन दिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)