मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लामो प्रतीक्षापछि विश्वकपमा नर्वेले पाएको खुसी

annapurnapost.com · Wed Jun 17 00:37:21 GMT 2026

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको दोस्रो खेलमा ‌नर्वेले इराकलाई ४-१ पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलको पहिलो हाफमा नर्वेले दुई एकको अग्रता बनाएको थियो। दोस्रो हाफमा नर्वेले दुई गोल थप गरेको हो।

नर्वेको जितमा एर्लिङ हालान्डले २ गोल गरे। लिओ ओस्टिगार्डले १ गोल गर्दा, १ गोल आत्मघाती गोलको रूपमा उपहार नर्वेलाई प्राप्त भयो।

इराकका लागि एमिन हुसेनले १ गोल फर्काएका थिए। खेलको २९ औँ मिनेटमा बायाँ तर्फबाट आएको क्रसलाई उत्कृष्ट फिनिस गरेका हुन्।

खेलको ३९ औं मिनेटमा एमिन हुसेनले गोल गर्दै इराकलाई बराबरीको स्थितिमा ल्याएका थिए। इराकले बराबरी गोल फर्काएको ४ मिनेट पश्चात पुन एर्लिङ हालन्डले ४३ औं मिनेटमा गोल गर्दै नर्वेलाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका हुन्। गोलकिपरको गल्तीमा हालान्डले अवसरको सदुपयोग गरे।

खेलको ७६ औं मिनेटमा नर्वेले तेस्रो गोल गर्यो। कर्नरबाट आएको बललाई लिओ ओस्टीगार्डले हेडर मार्फत गोल गरेका हुन्।

निर्धारित ९० मिनेटमा थप गरेको छ मिनेटको समयमा केही समय इन्जुरी समय थपिँदा खेल ९०+७ सम्म चलेको थियो। खेलको अन्तिम मिनेटमा नर्वेले चौथो गोल गर्यो । यो गोल भने आत्मघाती गोल मार्फत इराकले बेहोर्यो। इराकका पहिलो गोलकर्ता एमिन हुसेनको नाममा यो आत्मघाती गोल रह्यो।

नर्वे २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको हो। नर्वेले १९९८ पछि पहिलोपटक विश्वकपको मुख्य प्रतियोगितामा छनोट भएको हो। त्यस्तै, इराक पनि ४० वर्षपछि विश्वकप खेल्दैछ। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप खेलेपछि इराकले विश्वकपमा स्थान बनाउन सकेको थिएन। ४० वर्षको लामो प्रतीक्षा युद्धको छायाँ र २१ खेलको कठिन छनोट यात्रापछि इराकले २०२६ को विश्वकपमा स्थान बनाएको हो। ‘लायन्स अफ मेसोपोटामिया'को नाममा चर्चित इराकी टिमको पुनरागमन विजयसहितको सुखद् भने हुन सकेन।

आजको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३- १ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय