विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या
barnanmedia.com · Tue Dec 03 22:17:12 GMT 2024

यहाँको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । दिगो वन व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पु-याउने र वन पैदावार आपूर्ति गर्ने उद्देश्यले विसं २०७८ मङ्सिरमा उक्त वनको कार्य योजना स्वीकृत भएको थियो । सोही अनुरुप साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा विसं २०७९ समूह गठन भएको थियो ।
तर हालसम्म गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा आउन नसकेको हो । समूह सदस्यबीच समझदारी नभएकाले साझेदारी वन कार्यान्वयनमा आउन नसकेको गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिनुभयो । वडास्तरीय उपभोक्ता भेलाबाट सबै वर्गलाई समेटेर छनोट भएका प्रत्येक वडाका ७/७ जना, साझेदारी वन कार्यान्वयन क्षेत्रभित्र पर्ने प्रत्येक वडाको वडाध्यक्षले तोकेका वडा सदस्य एक/एक जना, गौरीगङ्गा र मोहोन्याल गाउँपालिकाको कार्यपालिकाबाट छनोट भएका प्रतिनिधि गरी जम्मा ५० जना सो वन उपभोक्ता समूहका सदस्य रहने विधानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)