मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

२६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन

nepallive.com · Sun Nov 26 00:41:45 GMT 2023

काठमाडौं – नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ। लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ।

गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्। प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)