कर्णालीका मन्त्री शाहले गरे सडक तथा पुल योजनाको शिलान्यास
baahrakhari.com · Sun May 24 05:17:55 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले पश्चिम जाजरकोटका विभिन्न सडक, पुल योजनाको शिलान्यास एवं उद्घाटन गरेका छन् ।
शनिबार (जेठ ९) आयोजित कार्यक्रममा मन्त्री शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्तीखोलाको पक्की पुल र शिवालय गाउँपालिकास्थित दुईपिपल मोटरेबल पुलको शिलान्यास गरे । उनले छेडागाड–६ र जुनीचाँदे गाउँपालिका–५ जोड्ने लामतडा ट्रस्ट ब्रिजको उद्घाटन पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)