प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड संकलन
ratopati.com · Tue Oct 01 17:55:00 UTC 2024

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग संकलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लि द्वारा २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)