विदेशी नागरिकको गतिविधि अभिलेखीकरण गर्न नयाँ प्रणाली
gorkhapatraonline.com · Wed Jun 17 00:47:53 GMT 2026

नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले विदेशी नागरिकको गतिविधि अभिलेखीकरणलाई थप व्यवस्थित बनाउने अभियान थालेको छ । अध्यागमन विभागले सञ्चालनमा ल्याएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) लाई देशभर विस्तार गर्ने क्रममा सोमबार सरोकारवालासँग अभिमुखीकरण तथा अन्तव्रिर्mयाको आयोजना गरिएको छ ।
कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटन प्रवर्धन र राष्ट्रिय सुरक्षा एकअर्काका परिपूरक विषय भएको बताउँदै सुरक्षित वातावरणबिना पर्यटन उद्योगको दिगो विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)