परराष्ट्र मन्त्रालयले भन्यो– लेबनानमा रहेका नेपाली सुरक्षित छन्
baahrakhari.com · Tue Oct 01 18:03:31 UTC 2024

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मंगलबार राति एक विज्ञप्तिमार्फत परराष्ट्रले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।
"लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहनुभएको छ । उहाँहरूको सहजताको लागि निरन्तर प्रयत्न भैरहेको छ," मन्त्रालयले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)