सरकारलाई सांसदको प्रश्न : विपद् प्रतिकार्यमा यस्तो हेलचेक्राइँ किन ?
ratopati.com · Tue Oct 01 18:47:00 UTC 2024

काठमाडौँ । सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन् । राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा सांसदहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको बताए ।
बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उनीहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)