मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेट्रोलियम पाइप लाइन परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन हुँदै

gorkhapatraonline.com · Wed Jun 17 00:51:11 GMT 2026

सरकारले दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको प्रक्रिया अगाडि बढाएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइप लाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि सुझाव मागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले इआइए प्रतिवेदनका लागि प्रस्ताव माग गरेको हो ।नेपाल सरकार र भारत सरकारबिचको जिटुजी सम्झौता अन्तर्गत इन्डियन आयल कर्पोरेसन आइओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइप लाइन परियोजना निर्माण हुन लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)