बलुचिस्तानको रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट
ratopati.com · Sun May 24 05:42:57 GMT 2026

इस्लामावाद । पाकिस्तानको विद्रोहग्रस्त बलुचिस्तान क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा यात्रुवाहक रेलका धेरै डिब्बाहरू लिकबाट खसेका छन् । घटना राज्यको राजधानी क्वेटामा भएको हो ।
विस्फोटपछि कालो धुवाँको ठुलो मुस्लो रेलबाट उठिरहेको देखिएको छ । रिपोर्टका अनुसार, क्वेटाको मान फाटक क्षेत्र नजिकै दुर्घटना भएको हो । रेल केन्टबाट आइरहँदा रेलवे ट्र्याक नजिकै शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको तीव्रता यति थियो कि धेरै डिब्बा लिकबाट बाहिर खसेको थियो । एउटा डब्बामा आगो लागे लगत्तै राहत र उद्धार कार्य सुरु गरिएको थियो । रेलवे, प्रहरी र सुरक्षा एजेन्सीहरूको टोली घटनास्थलमा पुगेर यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् ।
घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ । यस घटनामा अहिलेसम्म मर्नेको सङ्ख्या पुष्टि भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)