प्रश्नपत्र लिक प्रकरणपछि भारतले टेलिग्राममाथि नियन्त्रण बढायो
nepalviews.com · Wed Jun 17 01:08:50 GMT 2026

एजेन्सी। गत महिना प्रश्नपत्र चुहावटको विवादपछि भारत सरकारले राष्ट्रव्यापी मेडिकल कलेज प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मंगलबार टेलिग्राम मेसेन्जरको पहुँचमा प्रतिबन्ध लगाएको छ । उच्च माध्यमिक परीक्षासम्बन्धी अंकन त्रुटि र अत्यधिक प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएको अनियमितताले देशभरि आक्रोश बढाएको छ । युवाहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन् ।
भारतको इलेक्ट्रोनिक्स मन्त्रालयले पुनःपरीक्षा सम्पन्न हुने दिनसम्म टेलिग्राममा पहुँच सीमित गर्ने आदेश जारी गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई पहिलेका पोस्ट सम्पादन गर्न दिने सुविधा जुन ३० सम्मका लागि रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)