नेपाली सेनाले खाली गर्याे शीतोष्ण बागवानी केन्द्रको २० रोपनी जग्गा
farakdhar.com · Fri Jul 04 16:28:35 GMT 2025

नेपाली सेनाले प्रयोग गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिका–४, घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा चौविस वर्षपछि बागवानी केन्द्रलाई प्रयोग गर्न मिल्ने गरी खाली गरेको छ ।
२०५८ सालदेखि नेपाली सेनाको सुरक्षा पोस्टका रूपमा सो जग्गा प्रयोग हुँदै आएको थियो । सशस्त्र द्वन्द्वकालीन समयमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङको घाँसामा सेनाले सुरक्षा पोस्ट खडा गरेको थियो । जोमसोमस्थित इन्द्र बक्स गण्डका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा ‘मर्ज’ भएकाले उक्त जग्गा बागवानी विकास केन्द्रलाई प्रयोग गर्ने गरी खाली गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)