मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रानीसैनमाथि कब्जाको खेल : प्राकृतिक सम्पदा संरक्षणको मुद्दा फेरि बहसमा

newsofnepal.com · Sun May 24 05:46:18 GMT 2026

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, रानीसैन क्षेत्रमा सुरक्षा चौकी निर्माण तथा पर्यटन प्रवद्र्धन अभियान अघि बढिरहेका बेला भएको हिंसात्मक आक्रमणले सिंगो सुदूरपश्चिमलाई स्तब्ध बनाएको छ । हुम्लाबाट आएको भनिएको सयौं व्यक्तिको समूहले वडा सदस्यको घरमा प्रवेश गरी कुटपिट, लुटपाट र आतंक मच्चाएपछि चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको कडा भत्र्सना गरेका छन् । समाजिक सञ्जालमा यति बेला चर्को आलोचना भइरहेको छ ।

हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङको घरमा आइतबार दिउँसो भएको आक्रमणमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमा गारा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर तथा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी महेश धामी घाइते भएका छन् । गम्भीर घाइतेहरूको तीन दिनपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत सुर्खेत उद्धार गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)