सवारीचालक अनुमतिपत्र सम्बन्धी सबै सेवा पुनः सुचारु
lokaantar.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा पुनः सुचारु भएको जानकारी गराएको छ।
शुक्रबार मीनभवनस्थित विभागको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवा केही समयका लागि अवरुद्ध भएको थियो। तर, विभागले एक सूचना प्रकाशित गर्दै समस्या समाधान भई ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट सेवा सबै सुचारु भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)