आँप बिक्रीबाट वार्षिक आठ लाख बचत
deshsanchar.com · Fri Jul 04 17:15:57 GMT 2025

कैलाली – कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन्।
इन्द्रबहादुरले यहाँ आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो। यसअघि उहाँले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए। हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उहाँले गोदावरी—५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गर्नुभएको हो। पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा रु पाँच लाख तिर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)