मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् कांंग्रेस गण्डकी प्रदेश सभापतिका ५ आकाङ्क्षी

makalukhabar.com · Mon Nov 29 17:54:15 GMT 2021

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशका सभापतिका लागि आकाङ्क्षीहरू दिनदिनै बढ्दै गएका छन् । हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने थप २ जनाले मंगलबार घोषणा गर्ने तयारी थालेका छन् । जिल्ला अधिवेशन सकिनुभन्दा अघि नै देवराज चालिसेले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

त्यसपछि कास्कीकै शुक्रराज शर्माले सोमबार पत्रकार सम्मेलन मार्फत नै उम्मेदवारी सार्वजनिक गरे । पूर्व मन्त्री यज्ञबहादुर थापा पनि सचिवालय खोलेर प्रचारमा जुटिसकेका छन् । तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशी पोखरामा आएर भोट माग्न थालिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)