अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
nepalsamaya.com · Sun May 24 05:59:00 GMT 2026

गण्डकी- पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ। बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ। पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ।
बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन। जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ। फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक। पानी जमेका खाल्डाखुल्डी। न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक। अस्तव्यस्त पार्किङ। पोखरा बसपार्कको अवस्था झल्काउने दृश्य हुन् यी। जीर्ण र अव्यवस्थित बसपार्कले पर्यटकीय राजधानी पोखरालाई गिज्याइरहेको भान मिल्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)