करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु
gorkhapatraonline.com · Fri Jun 05 12:55:05 GMT 2026

झापाको अर्जुनधारामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो अर्जुनधारा नगरपालिका–११ स्थित कालीमन्दिरनजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हस्दालाई करेन्ट लागेको थियो । उहाँले आफ्नै घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मारेका थिए । करेन्ट लागेर हस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)