मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

rajdhanidaily.com · Sun May 24 06:11:40 GMT 2026

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताइन् । उनले भनिन्– ‘त्यहाँका स्थानीयले असुरक्षित महसुस गरेपछि टिम पठाइएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)