चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढे, बाह्य पर्यटक घटे
onlinekhabar.com · Sun May 24 06:07:57 GMT 2026

१० जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ ।
चालु आर्थिक वर्ष (२०८२/०८३) को वैशाखसम्म २ लाख २६ हजार ८ सय ७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा १ लाख ३७ हजार २४६ जना नेपाली, १३ हजार ९९२ जना सार्क देशका र ७५ हजार ६३८ जना तेस्रो मुलुकका पर्यटकहरु छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)