विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
ratopati.com · Wed Jun 17 01:44:57 GMT 2026

कैलाली । कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले नतिजामा आधारित अनुदान प्रदान गरेको छ । नतिजामा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर शैक्षिक गुणस्तर बढाउनका लागि त्यस्तो व्यवस्था लागू गरेको हो ।
शैक्षिकसत्र २०८२ मा माध्यमिक तहतर्फ सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल जनता मावि मुनुवाले रु चार लाख नतिजामा आधारित अनुदान प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने राष्ट्रिय मावि अमौराले रु दुई लाख ५० हजार अनुदान पाउँदा भृकुटी मावि सुवर्णपुरले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
सरोज गुरागाईं
राष्ट्रिय परीक्षा बोर्ड