सैतीस वर्षपछि पक्की नहर निर्माण
barnanmedia.com · Fri Jul 04 22:13:12 GMT 2025

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ ।
विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)