संसदीय दलको नेता हटाउन सकिने पार्टी विधानकाे प्रावधानलाई फरक ढङ्गले बुझ्न हुँदैन : गणेश पराजुली
annapurnapost.com · Wed Jul 08 11:30:34 GMT 2026

काठमाडौं : रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका हुन् ।
उनले विधानमा सभापतिदेखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा राखे । अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)