मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली

rajdhanidaily.com · Fri Jul 04 23:12:27 GMT 2025

काठमाडौं । कुवेतको केन्द्रीय कारागारमा ४८ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ४८ जना नेपाली कुवेतका विभिन्न जेलमा छन् । जसमा ५ महिला र ४३ जना पुरुष छन् ।

जेल परेकामा अधिकांश मदिरा उत्पादन तथा बिक्री वितरण र लागूऔषध ओसारपसार तथा बेचबिखन गरेकाहरू छन् । कुवेतमा केही व्यक्तिको स्वार्थका कारण गैरकानुनी क्रियाकलापमा जानीजानी संलग्न हुने गरेको, थोरै समयमा धेरै पैसा कमाउने लोभले नेपालीहरू फस्ने र जेल पर्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)