अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
shilapatra.com · Sun May 24 06:31:00 GMT 2026

पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि वि.सं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।
बचेखुचेको जग्गामा पनि व्यवस्थित ढंगले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । न व्यवस्थित टिकट काउन्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । पोखरा बसपार्कको अवस्था झल्काउने दृश्य हुन् यी । जीर्ण र अव्यवस्थित बसपार्कले पर्यटकीय राजधानी पोखरालाई गिज्याइरहेको भान मिल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)