मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ

barnanmedia.com · Fri Jul 04 23:38:29 GMT 2025

जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)