मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेम र एकताको सन्देश बोकेको तिहार

ekantipur.com · Mon Nov 13 02:20:34 GMT 2023

शरद ऋतुको जीवन्त रंगले अहिले त्यसै पनि वातावरण मधुर छ । त्यसमाथि रंगीचंगी फूल र झिलीमिली बत्तीको पर्व तिहारको न्यानोपनले घर र बस्तीहरू सजिएका छन् । पर्वहरूले सांस्कृतिक र सामाजिक मात्रै नभएर मनोवैज्ञानिक प्रभाव पनि पार्छन् । पर्व नै यस्तो समय हो जसमा एकै पटक सबैले उत्सव मनाउने अवसर पाउँछन् ।

कामकाजी जीवनबाट फुत्केर आपसमा सद्भाव बाँड्ने उपयुक्त क्षण नै पर्वको उत्सव हो । त्यसैले पर्वहरूले विशेष अर्थ राख्छन्, मानव जीवनमा । त्यसमाथि फूल र बत्तीको, रंग र उज्यालोको पर्व भनेर चिनिने तिहारका पाँच दिनले सामाजिक–सांस्कृतिक र पर्यावरणीय तहमा गहिरो सन्देश प्रवाह गर्छन् । त्यसैले यसको विशेष उल्लास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)