मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप :भारतसंग अफगानिस्तान ६६ रनले पराजित

news24nepal.tv · Wed Nov 03 19:33:00 GMT 2021

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ । यस प्रतियोगितामा भारतले अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डसँगको खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा यो खेल जित्नु भारतका लागि निकै महत्वपूर्ण थियो । पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २१० रन बनाएको थियो भने अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो ।

जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)