सिस्ने भीर सडक जेठ २५ गतेसम्म बन्द
gorkhapatraonline.com · Sun May 24 06:41:29 GMT 2026

गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङग सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा जेठ २५ गतेसम्म बन्द हुने भएको छ।
सडक डिभिजन पाल्पाको पत्रानुसार यस सडक खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा चौबीसै घण्टा सडक बन्द गर्नुपर्ने भएको हो।अत्यन्त संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक स्तरोन्नतिको काम गर्नका लागि गत माघ २६ गतेदेखि सूचना प्रकाशित गरी यस खण्ड पूर्णरुपमा चौबीसै घण्टा बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)