भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी
nagariknews.nagariknetwork.com · Wed Sep 09 01:14:40 GMT 2026

रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान साढे ७ बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले ७ बजे ड्युटी लिइसकेको हुन्थ्यो। भदौ १० गते सदा झैं सीमा सुरक्षा कार्यालय (बिओपी) टिमुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्री १० जनाको टोली लिएर सीमा सुरक्षामा खटिएका थिए। उनीहरूमध्ये सात जना भन्सार क्षेत्र र तीन जनाले अन्य पोस्टको जिम्मेवारीमा थिए। अवस्था सामान्य नै थियो तर पौने ९ बजेतिर माथिबाट ठुलो आवाजसहित आएको बाढीले चीन–नेपाल दुवैतर्फ तहसनहस बनायो। बाढीले बगाएको पुलभन्दा करिब एक सय मिटरजति माथिको माथि ड्युटीमा रहेका सहायक हवल्दार रोशन बुढाथोकीबाहेक सबै बाढीमा बिलाए।
उक्त बिओपीमा खटिएका सहायक निरीक्षक रामबहादुर थापाले बाढीको कुनै पनि संकेत नमिलेको र क्षणभरमै विभिन्न संरचना ध्वस्त पारेको तर त्यही बिओपी मात्रै बाँकी रहेको बताए। सीमा क्षेत्रमा रहेका निरीक्षकसहित सबै बेपत्ता मात्रै भएनन्, त्यो क्षेत्रमा बाँकी त्यही बिओपी र १५ जना थिए तर सहायक निरीक्षक थापाले परिस्थिति नियन्त्रण बाहिर जान दिएनन् र अन्य सबै साथीसहित स्थानीयलाई पनि सुरक्षित स्थानमा लगे। माथिबाट आएको बाढीबारे जानकारी दिँदादिँदै मैलुङस्थित हाइड्रो पावरको सुरक्षाका लागि खटिएका अन्य चार सशस्त्र प्रहरीलाई पनि त्यही भेलले बेपत्ता बनायो। सबै परिस्थिति देखेका उनले सीमा सुरक्षाको जिम्मेवारी छाडेनन् बरू सम्हालिएर कोही नभएको टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा जुटे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)