पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, २३ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun May 24 06:41:16 GMT 2026

आइतबार पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा रहेको चमन गेट रेलवे ट्र्याक नजिकै जाफर एक्सप्रेसमा आत्मघाती बम विस्फोट भएको छ।
दुर्घटनामा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने ५३ भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ।
क्वेटा क्यान्ट तर्फ गइरहेको अवस्थामा रेललाई लक्षित गरी शक्तिशाली विस्फोट भएको प्रहरीले जनाएको छ।
बलुचिस्तान सरकारका गृह मामिलासम्बन्धी विशेष सहायक बाबर युसुफजाईले घटनाको अनुसन्धान भइरहेको र सबै सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको बताए। उनले घटनास्थल वरिपरि भेला नहुन मानिसहरूलाई अपील गरे।
हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर सुरक्षा एजेन्सीहरूले यसलाई आतंकवादी हमलाको रूपमा अनुसन्धान गरिरहेका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
पाकिस्तान