मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल-अस्ट्रेलिया उद्योग वाणिज्य संघको साधारणसभामा आर्थिक तथा व्यापारिक सम्बन्धबारे छलफल

corporatenepal.com · Sun May 24 06:38:47 GMT 2026

काठमाडौं । नेपाल-अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमनको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो ।

३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि र भावी योजनाहरूको समीक्षा गरेको छ ।

Advertisement

सभामा सदस्यहरूले संघका प्रमुख पहलहरूमाथि छलफल गर्नुका साथै वार्षिक प्रतिवेदनको समीक्षा गर्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित सदस्यहरूलाई स्वागत पनि गरिएको थियो ।

साथै, दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र व्यावसायिक सहयोगलाई अगाडि बढाउने संघको प्रतिबद्धतामा साधारणसभाका सहभागीहरुले पुनः जोड दिए ।

साधारणसभा सम्पन्न भएपछि संघले नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गरेको थियो, जसमा नेपाल सरकारका प्रतिनिधि, कूटनीतिक नियोग, व्यावसायिक क्षेत्रका अगुवा, उद्यमी, शैक्षिक क्षेत्रका सरोकारवाला, संघका सदस्य तथा अन्य आमन्त्रित पाहुनाको उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)