गोविन्दबहादुर कार्की बने नेपाल सरकारका नयाँ मुख्य सचिव
kalakarmi.com · Wed Jul 08 12:01:24 GMT 2026

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय भएको छ ।’ उनको अनुसार शैक्षिक परामर्ष भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
मन्त्रिपरिषद् बैठक
काठमाडौँ